माथिल्लो अरुणको सर्वेक्षण अनुमति
गोरखापत्र अनलाइन ,
कार्तिक ७, २०७६ बिहीबार
सरकारले माथिल्लो अरुण अर्ध जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सर्वेक्षण अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक हजार ६१ मेगावाट क्षमताको उक्त आयोजनाको सर्वेक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई दुई वर्षका लागि अनुमति दिएको हो ।