‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दाङका किसान
रासस
माघ २०, २०७८ बिहीबार
घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उहाँलाई बाख्रा पाल्न सजिलो भएको छ । उहाँ हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउनुहुन्छ । उहाँले पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हुँदा काटेर गाईवस्तुलाई खुवाउन पनि पाइएको छ । सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने...