किसानलाई मल र सिँचाइ खोइ ?
रासस
माघ १९, २०७८ बुधबार
नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ ।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य देवप्रसाद तिमिल्सिनाले राज्य गम्भीर नभएकै कारण किसानले अनुदान, मल र सिँचाइको सुविधा पाउन नसकेको बताउनुभयो । समितिको बैठकमा उहाँले भन्नुभयो, “बर्सेनी बाली लगाउने मौसममा रासायनिक मल पाइन्न, सरकारले अनुदानको मल किसानलाई उपलब्ध गराउनुप¥यो,...