औषधि लिमिटेडद्वारा दैनिक तीन लाख सिटामोल उत्पादन, अभाव नहुने
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरसको तेस्रो लहरको संक्रमण तीब्रगतिमा फैलिएसँगै बजारमा पारासिटामोल अभाव देखिएको छ ।
औषधि पसलमा सजिलै उपलब्ध हुने पारा सिटामोल केहि सातादेखि बजारमा अभाव देखिएको छ । कोरोना भाइरस संक्रमणको एउटा लक्षण ज्वरो आउनु हो । ज्वरो आउँदा खाने पारा सिटामोल फार्मेसी पसलमा चहार्दा पनि नपाइएको गुनासो उपभोक्ताहरुको छ । पुस महिनायता कोरोना संक्रमितको संख्या एक्कासि बृद्धि भएपछि पारा सिटामोलको...