सहकारीमा महिला सहभागिता बढ्दै
गोरखापत्र अनलाइन
माघ ४, २०७८ मंगलवार
कमलामाई नगरपालिका–५, मधुटारकी सुजता बरालले सहकारीमा लागेपछि आर्थिक उन्नति मात्रै होइन सामाजिक सम्मान पनि पाउनुभएको छ ।
“तीन वर्षअघिसम्म पाँच रुपियाँ जुटाउन हम्मेहम्मे हुन्थ्यो, आफ्नो आम्दानी एक सुको थिएन । अहिले आफैँ व्यवसायी बनेर आम्दानी गरिरहेकी छु,” उहाँले भन्नुभयो । सहकारीबाट एक लाख रुपियाँ ऋण लिएर बरालले सुरु गर्नुभएको किराना पसल अहिले पाँच लाख रुपियाँभन्दा बढीको भएको छ ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा...