सोलु कोरिडोर निर्माण सम्पन्न
गोरखापत्र अनलाइन
पुष १२, २०७८ सोमबार
सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । तीन वर्षदेखि अवरुद्ध हँुदै आएको सो आयोजनाको काम शनिबार सम्पन्न भएको हो ।
सो आयोजना निर्माणमा उदयपुरको कटारी नगरपालिका–४, मरुवा क्षेत्रका स्थानीयवासीले आफुहरूको घर र धान फल्ने खेत नै प्रभावित हुने भएकाले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पु-याउँदै आएका थिए...