जावलाखेलमा पुष्प मेला (फोटोफिचर)
गोरखापत्र अनलाइन
चैत्र १२, २०७८ शनिबार
जावलाखेलको मैदानमा २३ औँ पुष्प मेला जारी छ । बिहीबारदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सुरुभएको २३औँ पुष्प मेला आइतबारसम्म चल्नेछ ।
चार दिनसम्म चल्ने उक्त मेला अफिसियल स्टल चार वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल दुई वटा र व्यवसायिक स्टलका लागि ५६ वटासहित जम्मा ६२ वटा स्टल रहेको एशोसिएसनल जनाएको छ ।