बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँच दिने ‘अल्टिमेटम’ !
रासस
चैत्र ११, २०७८ शुक्रबार
पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँच दिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार रुपियाँ बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निर्णय गर्नुभएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा...