कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन
गोरखापत्र अनलाइन
चैत्र ६, २०७८ आइतवार
अर्थमन्त्री जनार्दन शर्माले गत सोमबार सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा शुक्रबार अर्थमन्त्री शर्माले उक्त समस्याको तत्काल छानबिन गर्न र यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अधिकारीलाई निर्देशन दिनुभएको हो ।
“केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले...