ढल्केबरमा तरबुजाको व्यापार फस्टाउँदो
गोरखापत्र अनलाइन
चैत्र २८, २०७८ सोमबार
पूर्वपश्चिम लोकमार्गअन्तर्गत धनुषाको ढल्केबरमा तरबुजाको व्यापार फस्टाएको छ । गर्मी महिना सुरु भएसँगै तरबुजाको व्यापार जिल्लामा निकै फस्टाएको हो ।
व्यापार बढेसँगै ढल्केबरमा तरबुजा पसलको सङ्ख्या पनि बढेको छ । यहाँका स्थानीय व्यापारीहरुले दुई दर्जनभन्दा बढी स्थानमा अस्थायी टहरा निर्माण गरी तरबुजाको पसल सञ्चालन गरेका छन् ।