विद्युतीय उपकरण प्रयोगमा जोड
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७८ आइतवार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय उपकरण प्रयोगले अर्थतन्त्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ । विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युत्को भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्न उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उहाँले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले विद्युतीय सवारीसाधन तथा चुलो...