पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ : ऊर्जामन्त्री भुसाल
रासस
फाल्गुन २८, २०७८ शनिबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गर्नुभएको छ ।
ललितपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले विगतको तुलनामा विद्युत सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गर्नुभएको हो ।