बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
रासस
फाल्गुन २५, २०७८ बुधबार
निर्माण भएको झण्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् ।
तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर...