माैरी पालनमा रमाउँदै किसान
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७८ बुधबार
दाङका मौरीपालक कृषक भीमप्रसाद सापकोटा यतिबेला मौरी चराउन कपिलवस्तुका विभिन्न क्षेत्रमा पुग्नुभएको छ । २० वर्षअघि दुईवटा घार राखेर मौरीपालन सुरु गर्नुभएका सापकोटासँग अहिले १५० घार मौरी छन् । विगत १० वर्षदेखि कपिलवस्तु, नवलपरासी, रुपन्देहीका विभिन्न ठाउँमा मौरी चराउन पुग्ने गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामी छ महिना मौरी चराउन जान्छौँ, छ महिना घरमै बस्छौँ । ”