मकैमा फौजी कीराको प्रकोपले पर्वतका कृषक चिन्तित
रासस
जेष्ठ ११, २०७७ आईतवार
पर्वतका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ । जिल्लाको जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको हो । मकै गोड्ने बेलामा किराले आक्रमण गरेर क्षति पु-याउन थालेको स्थानीय कृषकले जानकारी दिएका छन् ।