तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा
रासस
चैत्र २४, २०७६ सोमबार
कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । “बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु रु”, फार्मका सञ्चालक मनोज सिंह चिन्तित हुँदै भन्नुहुन्छ ।