सुख्खा बन्दरगाहमा कन्टेनर थुप्रिए, क्षमताभन्दा दोब्बर कन्टेनर
गोरखापत्र अनलाइन ,
चैत्र २२, २०७६ शनिबार
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी नेपाल सरकारले लक डाउन गरेपछि भारत हुँदै तेश्रो मुलुकबाट आएका दुईहजार भन्दा बढी कन्टेनर गन्तव्यसम्म पुग्न नपाई वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् । १५ सय ४२ टि यू ई कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा अहिले २४ सय ५० टि यू ई कन्टेनर थन्किएर रहेका छन् भने करिब १८० टि यू ई कन्टेनर सुख्खा बन्दरगाह आउँदै गरेको अवस्थामा बाटोमा नै रहेका छन् ।