विदेशको कमाइले स्वदेशमा कागती खेती
रासस
चैत्र ७, २०७६ शुक्रबार
तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गर्नुभएको छ । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आउनुभएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गर्नुभएको हो । वार्षिक ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गर्नुभएका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन्...