छ सय गाडी भन्सारमा अलपत्र
गोरखापत्र अनलाइन ,
फाल्गुन १८, २०७६ आईतवार
सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार जिप आयात गरेका तर जाँच पास नगराउँदा ती सवारीसाधन भन्सार याडमा थन्किएको बताउनुभयो । छ सय कार जिपमा हुन्डाई, टोयोटा, किया, इसुजुलगायत ब्रान्डका कारको सङ्ख्या उच्च...