खाना महोत्सवको तयारी अन्तिम चरणमा : मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिने
रासस
फाल्गुन १३, २०७६ मंगलवार
धनगढीमा यही फागुन १४ देखि २० गतेसम्म सञ्चालन हुने ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा हुने खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष कमल बमले जानकारी दिनुभयो ।