लाइसेन्समा रस्साकस्सी
ग्रामीण क्षेत्रमा मात्र दूरसञ्चार सेवा प्रदान गर्ने लाइसेन्स बाँकी रहेको सीजी कम्युनिकेसन्सले मोबाइल सेवा सञ्चालन गर्न सकिने एकीकृत लाइसेन्सका लागि बारम्बार जिकिर गर्दै आएको छ । अर्कोतिर सरकारले भने लाइसेन्स प्राप्तिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरे मात्र लाइसेन्स दिन सकिने दोहो¥याउँदै आएको छ ।
आयोजना बैङ्क व्यवस्थापन कार्यविधि निर्धारण
सरकारले राष्ट्रिय आयोजना बैङ्क कार्यान्वयनका लागि व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेको छ । प्रणालीको आइतबार राष्ट्रिय योजना आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
जिएमआरले भन्यो – माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले आगामी तीन महिनाभित्र विद्युत् खरिद सम्झौताको सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
मास्कको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन हुने
सरकारले मास्कको अभाव हुन नदिन गृहकार्य अगाडि बढाएको छ । बजारमा मास्कको अभाव र मूल्य वृद्घि हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्पष्ट पारेको छ ।
नेप्से दोहोरो अङ्कले ओरालो
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु भएको छ ।