फूलखेतीबाट पाँच लाख आम्दानी
रासस
माघ २२, २०७६ बुधबार
झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उहाँले फूलखेती गरेरै आफ्नो परिचय फेर्नुभएको छ । परिचयसँगै उहाँको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उहाँलाई ‘फूलमाया’ भन्छन् । फूलखेती गरेकै कारण लक्ष्मीमाया एकाएक फूलमाया हुनुभयो ।