logo
२०८१ बैशाख १३ बिहीवार



विश्वविद्यालय भित्रैबाट उपकुलपति ल्याउन माग

शिक्षा |


विश्वविद्यालय भित्रैबाट उपकुलपति ल्याउन माग


विराटनगर समाचारदाता
विराटनगर, भदौ ४ गते । पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत मध्येबाटै उपकुलपति नियुक्त गर्न कर्मचारी र प्राध्यापकहरुले माग गरेका छन् । विराटनगरमा बुधबार पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघ केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी विश्वविद्यालयभन्दा बाहिरबाट उपकुलपति नियुक्त नगर्न माग गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लाल दाशको भदौ ६ गते पदावधी समाप्त हुँदै छ । उपकुलपतिको पदावधि समाप्त हुँनै लाग्दा प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालयभन्दा बाहिरबाट पदाधिकारी नियुक्त गर्ने परिपार्टी अन्त्य गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक भन्दा राजनीतिक भागबण्डाको थलोको रुपमा परिणत गराउने विगतको अभ्यास अन्त्य हुनुपर्ने भनिएको छ ।
विशेष गरेर २०६२÷६३ पछि विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा छानिने गरेको र विश्वविद्यालय भन्दा बाहिरबाट नेतृत्व ल्याउँदा प्राज्ञिक उन्नयन, शैक्षिक र भौतिक विकासमा उनीहरुको ध्यान नजाने गरेको विगतमा अनुभूति गरेको प्राध्यापक संघका केन्द्रीय समिति सभापति सन्देशदाश श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?