logo
२०८१ बैशाख २१ शुक्रवार



उपकुलपतिको राजिनामा माग्दै ज्ञापनपत्र

शिक्षा |


उपकुलपतिको राजिनामा माग्दै ज्ञापनपत्र


दाङ समाचारदाता
दाङ,भदौ ८ गते । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकट झन गहिरिएको छ ।
प्रशाशन र चिकित्सकहरुविच तानव बढेकै बेला दाङका नागरिक समाज मिलेर गठन गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानले उपकुलपति डाक्टर संगीता भण्डारीको राजिनामा माग गर्दै आइतबार ज्ञापन पत्र बुझाएको छ ।
उपकुलपतिले प्रतिष्ठान धरासायी बनाउने कार्य गरिरहेको भन्दै उपकुलपतिको सहज बहिर्गमनका लागि राजिनामा माग गरिएको प्रतिष्ठान बचाउ अभियानका संयोजक विपिकरण गौतमले बताउनुभयो ।े सरोकारवालाहरुसहित प्रतिष्ठानमा पुगेको टोलीले प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेललाई ज्ञापनपत्र बुझाएको हो ।
राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नति भएपछि डाक्टरहरु उत्पादनदेखि स्वास्थ्य सेवा पहुंचसम्मका धेरै अपेक्षा गरिए पनि स्थापनाको दुई वर्ष बितिसक्दा उल्टो गतिविधि भइरहेको प्रतिष्ठान बचाउ अभियानले निश्कर्ष निकालेको छ ।
अझै पनि यही नेतृत्व रहिरहे यसले प्रतिष्ठानको गरिमा र प्राज्ञिक मर्यादालाई कायम राख्न सक्छ भन्ने विश्वास गर्न सकिने ठाउँ नरहने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । २४ घण्टाभित्र राजिनामा दिई मार्गप्रशस्त गरिदिन अनुरोध गर्दै नत्र उपकुलपति बिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?