logo
२०८१ बैशाख २२ शनिवार



डाक्टर, इन्जिनियर पढाउन गाउँपालिकाको सहयोग

शिक्षा |
प्रदेश |


डाक्टर, इन्जिनियर पढाउन गाउँपालिकाको सहयोग


सहदेव बस्नेत-
खलङ्गा, भदौ ११ गते । जाजरकोटको एक स्थानीय तहले एमवीवीएस डाक्टर र इन्जिनियर उत्पादन गर्न लागेको छ । गाउँपालिकाले आफनो क्षेत्रका दुई जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोटामा एमवीवीएस डाक्टर र इन्जिनियर पढाउन सुरु गरेको हो ।

जिल्लाको कुशे गाउँपालिकाले आफनो आर्थिक सहयोग छात्रवृत्तिकोटा निर्धारण गराएर प्रत्येक वर्ष दुइजना स्थानीय विद्यार्थीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमवीवीएस डाक्टर र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियर पढाउने काम यसैवर्षदेखि सुरु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वताउनुभयो ।

अध्यक्ष बस्नेतले आफनो गाउँपालिकामा स्थायी वसोवास भएका र सामुदायिक विद्यालयका १० कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाइ पढाइ सकिएपछि तीनवर्ष अनिवार्य रुपमा गाउँपालिकामा काम गर्ने शर्त सहित छात्रवृत्तिकोटामा पढाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले गाउँपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरका विचमा भएको सम्झौता अनुसार एमवीवीएस डाक्टर पढ्नका लागि कुशे गाउँपालिकाका विद्यार्थीको लागि एउटा कोटा छुटयाएर विज्ञापन समेत भइसकेको वताउनु भयो ।

यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पससंगको सम्झौता अनुसार कुशे गाउँपालिका ४ फलफूलेका धिरेन्द्र शाहीले भर्ना भएर पढाइ सुरु गरेको वताउनुभयो ।

अध्यक्ष वस्नेतका अनुसार इन्जिनियर पढ्नका लागि छात्रवृत्ति रकम एकमुष्टरुपमा गाउँपालिकाले साढे तीन लाख क्याम्पसलाई वुझाइदिने र एमवीवीएस डाक्टरको लागि भने २५ प्रतिशत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले, २५ प्रतिशत स्वयं विद्यार्थीले र ५० प्रतिशत कुशे गाउँपालिकाले व्यहोर्ने गरी सम्झौता भएको छ ।

उता गाउँपालिकाको सहयोगले छोराले इन्जिनियर पढ्न पाएकोमा खुशी लागेको बाबु दीपकशाहीले वताउनुभयो । उहाँले ठूलो सरकारी कलेजमा छोरालाई इन्जिनियर पढाउने धोको भएपनि क्षमताले नसक्ने वेलागाउँपालिकाले सहयोग गरेर ठूलो गुण लगाएको जनाउनुभयो ।
यसअघि कुशे गाउँपालिकाले गाउँपालिकाका सुत्केरी आमाहरुलाई आपतकालीन उपचार र उद्दार गर्न र गम्भीर रोगक ाविरामीलाई पनि विशेष कोषमार्फत सहयोग गर्दै आएको छ ।

कुसे गाउँपालिकाको यस निर्णय र कामले अरु स्थानीय तहलाई पनि जनताको हित र सेवाको लागि केही गर्न ऊर्जा मिलेको स्थानीय वुद्धिजीवी रामवहादुर शाहीले वताउनुभयो । गाउँपालिकाको निर्णय र नीति सहीरुपमा कार्यान्वयन भए यहाँका धेरै विद्यार्थीहरुले पछि सम्म पनि राम्रो सुविधा र राहत पाउने विश्वास उहाँले गर्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?