logo
२०८१ बैशाख २२ शनिवार



शिक्षक कर्मचारीलाई ल्यापटप  

शिक्षा |


शिक्षक कर्मचारीलाई ल्यापटप  


भोजपुर, भदौ १२ गते । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालय टक्सारले प्रविधिमैत्री शिक्षणमा जोड दिएको छ । त्यसका लागि विद्यालयले कम्प्युटर प्रयोशालाको स्थापना गरेको छ भने विद्यालयका २८ शिक्षक तथा कर्मचारीलाई आज ल्यापटप वितरण गरेको छ ।    
    
 पठनपाठन प्रभावकारी बनाउन प्रदेश सरकारको छ लाख ५० हजारसहित १६ लाख १० हजार रुपैया बराबरको ल्यापटप वितरण गरिएको हो । यसले पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो ।    
    
 विद्यालयको हरक्षेत्रको विकासका लागि सहयोगको लागि आग्रह गरिएको विद्यालय व्यवस्थान समितिका अध्यक्ष रमेश शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी विद्यालयको सबै क्षेत्रको विकासमा लागेका छौँ ।” त्यस्तै आज नै विद्यालयको चार कोठे पक्की भवन र ई–हाजिरीको समेत उद्घाटन गरिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?