logo
२०८१ कार्तिक २ शुक्रवार



गुणीय चक्रको १५ औं राष्ट्रिय सम्मेलन सुरु हुँदै

शिक्षा |


गुणीय चक्रको १५ औं राष्ट्रिय सम्मेलन सुरु हुँदै


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १ गते । विद्यार्थीहरुको गुणीय चक्रको १५ औं राष्ट्रिय सम्मेलन शनिबारबाट सुरु हुँदैछ । विद्यार्थीहरुलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक कार्यक्रम गुणीय चक्र तीन दिनसम्म चल्नेछन् ।
प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले उद्घाटन गर्नुहुने सम्मेलनमा १८ जिल्लाका एक हजार विद्यार्थी सहभागी हुनेछन् । आयोजक क्वालिटि सर्कल्स इन एजुकेशन फर स्टुडेण्ट्स पर्सनालिटी डिभलपमेन्ट नेपालले सम्मेलनमा अमेरिका, बङगलादेश र भारतबाट अन्तर्राष्ट्रिय अतिथिहरु समत सहभागी हुने जनाएको छ ।
विद्यार्थीहरुको गुणीय चक्रको अवधारणालाई नेपालमा प्राध्यापक दिनशेप्रसाद चापागाइले सन् १९९९ मा भित्र्याउनुभएको हो । उक्त सम्मेलन ललितपुरस्थित सुशील केडिया विश्व भारती स्कूल, जावलाखेलमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?