logo
२०८१ भाद्र २२ शनिवार



प्रअ विवादपछि गाँउपालिका सबै विद्यालय बन्द

शिक्षा |


प्रअ विवादपछि गाँउपालिका सबै विद्यालय बन्द
प्रअ विवादको कारण बन्द रहेका विद्यालय ।


सर्लाही, कात्तिक ६ गते ।
एक विद्यालयको प्रधानाध्यापक विवादले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका सम्पूर्ण विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरमा रहेको जनता प्राथमिक विद्यालयमा शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवा र गाउँपालिका कार्यालयले बेग्लाबेग्लै शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएपछि विवाद सुरु भएको हो ।

सोही विवादले विगत तीन दिनदेखि सो विद्यालयमा पठनपाठन हुन सकेको छैन् । गाउँपालिकाले बेग्लै शिक्षकलाई प्रधानाध्यापक बनाएर खटाएपछि असन्तुष्ट पक्षले वुधवारबाट गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन ठप्प पारेको हो ।
सुन्दरपुर प्राविका प्रधानाध्यापक जग्गु यादव भदौ ३ गते अवकाश प्राप्त भएपछि शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले विद्यालयकै शिक्षक मनोजप्रसाद साहलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । सोही विद्यालयमा एक साताअघि चक्रघट्टा गाउँ कार्यपालिकाको बैठकले निम्न माध्यमिक विद्यालय खेरियाका शिक्षक चन्द्रकिशोर यादवलाई प्रधानाध्यापक बनाएर पठाएको छ ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले शिक्षक खटनपटन गर्ने जिम्मा गाउँपालिकाको भएको दावी गर्दै शिक्षक मनोजप्रसाद साहलाई विद्यालयकै अन्य शिक्षक र कर्मचारीले प्रधानाध्यापक अस्वीकार गरेपछि केही सयमका लागि चन्द्रकिशोर यादवलाई प्रधानाध्यापक बनाएर पठाइएको बताउनुभयो । प्रधानाध्यापक कस्लाई बनाउने ? भन्ने विषयमा राजनीतिक दलबीच हानाथापले पढाई प्रभावित भएपछि विद्यार्थी र अभिभावकले चिन्ता व्यक्त गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?