logo
२०८१ भाद्र २३ आईतवार



शिक्षा क्षेत्र सुधार आवश्यक : उपराष्ट्रपति पुन

शिक्षा |


शिक्षा क्षेत्र सुधार आवश्यक : उपराष्ट्रपति पुन


चित्र मिजार

सिन्धुपाल्चोक, कात्तिक १४ गते उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले देशलाई समृद्ध बनाउन शिक्षा क्षेत्रको समग्र पक्षमा सुधार आवश्यक रहेको बताउनु भएको छ । बर्तमान शिक्षा जीबिकोपार्जन धान्नै नसक्ने खालको छ त्यसकारण मुलुकको बिकास असंभव छ, उपराष्ट्रपति पुनले भन्नुभयो समृद्ध देश र सुखी नेपालीको नारा सार्थक बनाउन शिक्षा क्षेत्रको ब्यापक सुधार हुनु पर्ने बताउनु भएको छ ।

बिहीबार सिन्धुपाल्चोकको चौतारा सांगचोकगढी नगरपालिका–१२ को जनजागृति माध्यमिक बिद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले ब्याबसायिक, प्राबिधिक र सीपमुलक शिक्षालाई जोड दिनु पर्नेमा सरकारलाई सुझाव दिनु भयो । अहिलेको शिक्षा जीवन निर्वाह गर्न नै नसकिने खालको छ , यसलाई जीविकोपार्जन हुने खालको बनाइनु पर्छ उपराष्ट्रपति पुनले सरकारलाई आग्रह समेत गर्नु भयो ।

शिक्षा मार्फत नै मुलुक समृद्धि तर्फ लम्कन्छ तर हालको शिक्षाले समाज र राष्ट्रको बिकासमा टेवा पुरयाउन नसकेकोले बैज्ञानिक र माटो सुहाउँदो शिक्षाको आवश्यकता रहेको उपराष्ट्रपति पुनले बताउनु भयो ।

त्यस्तै नेकपा स्थायी समितिका सदस्य तथा प्रतिनिधि सभा १ का सांसद अग्नि सापकोटाले शिक्षा कर्म गर्न सिकाउने, सीप दिने, प्रकारको हुनुपर्ने बताउनु भयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले शिक्षाको कमजोरी खोजेर समाधानमा सरकार लाग्नु पर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?