logo
२०८१ कार्तिक २ शुक्रवार

  भूक्म्पमा भत्किएका विद्यालय बनेन् 



राम्रो कक्षामा बसेर पढ्न त मन लाग्छ नि सर !

शिक्षा |
पढ्नै पर्ने |


राम्रो कक्षामा बसेर पढ्न त मन लाग्छ नि सर !


नरेन्द्र ढकाल

गोरखा, कार्तिक १८ गते । आरुघाट–बेनीघाट लोर्के भञ्जाङ्ग सडकमा धूलो उडाउँदै गाडी कुदिरहेका छन् । केही तल बुढीगण्डकी नदी एकतमासले सुसाइरहेको छ । सडकको छेउमा रहेका टहरामा विद्यार्थीह पढिरहेका छन् ।

भूकम्प गएको ५४ महिना बितिसक्दा समेत विद्यालय पुर्ननिर्माण नहुँदा आरुघाट गाउँपालिका–४ आरखेतको गण्डकी माविका विद्यार्थी अस्थायी टहरामा पढ्न बाध्य छन् । अधिकाशं विद्यार्थी मैदानमा खेलिरहेका थिए, खेलमैदान नजिकै कक्षा चारका छात्राहरु केही लेख्दै थिए । ‘राम्रो कक्षामा बसेर पढ्न त मन लाग्छ नी सर’ कक्षा चारकी आरुसी आले मगरले भन्नुभयो - ‘तर हाम्रो स्कूलमा त एउटा पनि भवन छैन ।’

१२ कक्षासम्म पढाई हुने गण्डकी माविमा आरुसी जस्तै चार सय ५० विद्यार्थी पढ्छन् । भारतिय दुतावासले निर्माणको जिम्मेवारी लिएको उक्त विद्यालय भूकम्प गएको पाँच वर्ष हुन लागिसक्दा समेत पुननिर्माण सुरु भएको छैन ।

‘नदीको नजिकै सडक छेबैमा विद्यालय छ यसै त हल्ला हुन्छ’ - विद्यालयका शिक्षक धुर्बकुमार दाहालले भन्नुभयो - ‘त्यसमा पनि टिएसीमा राखेर यतिका विद्यार्थीलाई पठाउनु धेरै गाह्रो भइरहेको छ ।’ सडक गुड्ने सवारी साधन र मानिसहरुको आवतजात विद्यार्थीलाई ध्यान केन्द्रित गर्न निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

सुरुमा गुड नेर्वस इन्टरनेशल र त्यसपछि जापानी सहयोग नियोग जाइकाले निर्माण गर्ने भनिएको उक्त विद्यालय पछि भारतीय दूतावासलाई दिइएको थियो । ‘गाउँपालिका, आयोजनाको कार्यालय र प्राधिकरणको अफिसमा ४–५ पटक गइसके’ विद्यालयका प्रधानाध्यापक गोबिन्द नेपालीले भन्नुभयो - ‘भर्खर टेण्डर भयो भन्ने सुनेको छ खै कहिले बन्छ थाहा छैन ।’

गण्डकी मावि आरखेत सहित दश वटा विद्यालय निर्माण जिम्मा लिएको भारतीय दुतावासले अहिले तीन वटा मात्र निर्माण सुरु गरेको छ भने तीनवटा विद्यालय निर्माण नगर्ने बताएको छ । ‘जिल्ला सदरमुकामको रत्नराज्य मावि डुम्रीडाँडा, महालक्ष्मी मावि लक्ष्मीबजार तारा मावि छेवेटारमा काम भइरहेको छ’ - जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख विष्णुप्रसाद मिश्रले भन्नुभयो । ‘जिम्मा लिएका मध्ये तीन वटा विद्यालयबाट उहाँहरुले हात झिक्नु भएको छ ।’ प्रभावतकिरण मावि लापु मञ्जुश्री मावि काशीगाउँ र जागेश्वरी माबी बोर्लाङ्गको भवन पुर्ननिर्माण नगर्ने जानकारी आएको मिश्रले बताउनुभयो ।

जिम्मा लिएका मध्ये अमरज्योति मावि लुइँटेल, गण्डकी माबि आरखेत, कृष्णज्योति मावि गाँखु र सुर्यज्योति मावि घ्याल्चोके भवन निर्माण अहिलेसम्म सुरु हुन सकेको छैन । ‘यी स्कूल निर्माणको लागि धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ‘दुई सरकार बीच एमओयू भएर टेण्डर भइसकेको छ, आशा गरौं अब छिट्टै काम सुरु हुन्छ ।’ भारतीय दूतावास जस्तै चिनियाँ दुतावासले पनि जिम्मा लिएको सिञ्जाली मावि ताक्लुङको भवन पनि निर्माण भएको छैन् ।

त्यसैगरी एसियाली बिकास बैंक एडीबीको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएको अलैचे मावि आरुघाट, संसारी महेन्द्र मावि गाँखु, सिद्धार्थ मावि सौरपानी, सूर्यदयाे मावि गुम्दाको भवन निर्माणको काम सुरु नभएको ती विद्यालयहरुले जनाएका छन् ।

२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षित पुर्याएका मध्ये तीन सय वद्यालय निर्माण कार्य सकिएको जिल्ला आयोजना कार्यान्वय इकाइ शिक्षाले जनाएको छ । भूकम्प अघि चार सय ९७ विद्यालय रहेको अहिले मर्ज गरेर चार सय १९ मा झारिएको छ । बाँकी एक सय १९ विद्यालयमा अहिले पनि पुर्ननिर्माण काम जारी छ ।

‘यी विद्यालयहरुमा एउटा पनि भवन नबनेको भन्ने होइन’ इन्जिनियर बाबुराम देवकोटाले भन्नुभयो ‘अधिकाशंमा भवन बनिरहेको छ, केही बन्ने क्रममा छन् ।’ दाताले भवन बनाइदिए पनि कक्षाकोठा प्रयाप्त नभएका ६५ विद्यालयमा भने यस वर्ष थप पुर्ननिर्माणको काम हुने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?