logo
२०८१ बैशाख १३ बिहीवार



तीन नेपाली विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति

शिक्षा |


तीन नेपाली विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३० गते । बेलायतको लण्डन मेट्रोपोलिटन विश्वविद्यालयले कमलपोखरीस्थित इस्लिङ्टन कलेजबाट स्नातक पूरा गरेका उत्कृष्ट तीन जना नेपाली विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

छनोटमा परेका ती विद्यार्थीले स्नातकोत्तर तहमा अध्ययन गर्दा लाग्ने ३३ हजार पाउण्ड तिर्नु नपर्ने भएको इस्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिनुभयो ।
यसैबीच, कलेजमा स्नातक तह पूरा गरेका  चारसय ४५ विद्यार्थी दीक्षित भएका छन् ।

राजधानीमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका उपकुलपति प्राध्यापक लिन डब्सले नेपालमा विश्वकै उत्कृष्ट दर्जाको शिक्षा प्रदान गर्ने गरेकोमा प्रसन्नता व्यक्त गर्दै विश्वको आवश्यकता सूचना प्रविधिमा आधारित शिक्षा हो, भन्नुभयो ।

स्लिङ्गटन कलेजका अध्यक्ष बुढाथोकीले नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै थप शिक्षा हासिल गर्न विदेश गए पनि स्वदेश विकास गर्न फर्किन सल्लाह दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?