logo
२०८१ असोज ४ शुक्रवार



देवानगञ्जका आमालाई प्रविधिमैत्री बनाईंदै

शिक्षा |


देवानगञ्जका आमालाई प्रविधिमैत्री बनाईंदै



इनरुवा समाचारादता
इनरुवा, पुस ७ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाको श्रीकृष्ण माध्यमिक विद्यालयमा आमा समूहलाई दुई महिने अत्याधुनिक डिजिटल साक्षरता अभियान कार्यक्रम सुरु गरिएको छ ।
श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्याथीका अभिभावकका रुपमा रहेका आमाहरुलाई साक्षरता बनाउने उद्देश्यले दुई महिने डिजिटल साक्षरता अभियान सुरु भएको हो ।
साक्षरता अभियानमा २० जना आमाहरुको सहभागिता रहेको विद्यालय प्रधानाध्यापक उमेश मेहताले बताउनुभयो । प्रत्येक आमालाई मोबाइलमार्फत् साक्षरता बनाउन लागिएको हो । आमाहरुलाई सरकारले साक्षरता अभियानबाट साधारण लेखपढ गर्न सिकाइसकेको र नयाँ प्रविधिबाट मोबाइलबाट सिकाउन करिब दुई महिनासम्म सिकाउने प्रशिक्षक गणेशप्रसाद मेहताले बताउनुभयो ।
मेहताका अनुसार प्रदेश सरकारबाट शिक्षकहरुलाई तालिम दिइसकेको र तालिम प्राप्त शिक्षकहरुलाई विद्यार्थीका अभिभावक स्वरुप आमाहरुलाई मात्र यो शिक्षा प्रदान गर्न निर्देशन दिएकाले आमा समूह गठन शिक्षा प्रदान गरिएको हो ।
ग्रामिण क्षेत्रमा पनि अहिले जोसुकैले पनि माबवाइल चलाउने भएकाले मोबाइलबाट प्राविधिक शिक्षा प्रदान गर्न लागिएको छ ।
वैदेशिक रोजगारमा गएका युवाले पनि घरमा इन्टरनेट माध्यमबाट इमो र फेसबुकबाट आफन्तहरुसँग कुराकानी गर्ने क्रम बढ्दै गएकाले मोबाइल शिक्षा आमाहरुलाई आवश्यक रहेको मेहताको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?