logo
२०८१ असोज ३ बिहीवार



दुर्गमका विद्यार्थी भर्ना हुन्छन,पढ्न आउँदैनन

शिक्षा |


दुर्गमका विद्यार्थी भर्ना हुन्छन,पढ्न आउँदैनन


मधुसुधन तिमल्सिना
काभ्रे, पुस २० गते । घरबाट बिद्यालय टाढा भएपछि जिल्लाका दुर्गम गाउँका बालबालिका बिद्यालय भर्ना भएपनि बीच मै पढाई छाड्न बाध्य छन । बिद्यालय जान नै घण्टौ हिड्नुपरेपछि बिद्यालय भर्ना भएपनि पढ्न भने नआउने गरेको बिद्यालयले जनाएका छन ।

महाभारत गाउँपालिका वडा न १ मा रहेको गोकुले माध्यमिक बिद्यालयका प्रधानध्यापक पद्म तिमल्सिनाले भर्ना भएर पनि बीच मै पढाई छाड्ने अझै रहेको बताउनुहुन्छ । बिद्यालयले भर्ना अभियान सञ्चालन गर्दा भर्ना हुन त बालबालिका आउँछन तर विस्तारै कक्षामा नआउने गर्दा गर्दा पढाई नै छाड्ने गरेका छन । उहाँले गोकुले माध्यमिक बिद्यालयमा ४०÷५० जनाले यस शैक्षिक सत्रमा कक्षा छाडिसकेको बताउनुभयो ।

बिद्यालय आउनका लागि घण्टौ हिड्नुपरेपछि पनि कक्षा छाड्नेदर बढेको छ । गोकुलेका प्रधानध्यापक तिमल्सिनाले भन्नुभयो, कम उमेर मै छोरीहरुको बिवाह, बैदेशिक रोजगारीका कारण पनि कक्षा छाड्ने बढेका हुन ।
महाभारत गाउँपालिका वडा न ७ मा रहेको जनकल्याण आधारभुत बिद्यालयका प्रधानध्यापक सजनकुमार झाले दैनिक चार घण्टा सम्म बिद्यालय आउन हिड्नुपर्ने भएपछि बिद्यार्थीले कक्षा छाड्ने गरेको बताउनुभयो । टाढा टाढा बाट बिद्यालय आउन जान समस्या भएपनि धेरै बिद्यार्थीले कक्षा छाड्ने गरेका छन । बिद्यालयमा छात्राबासको व्यवस्था हुन नसक्दा पनि कक्षा छाड्ने दर बढेको झा को भनाई छ ।

जनमहोन माध्यमिक बिद्यालयमा कक्षा ४ मा २५ जना भर्ना भएका थिए तर अहिले १८ जना मात्र नियमित कक्षा आउने गरेको शिक्षिका केशरीमाया मोक्तानले बताउनुभयो । भर्ना त २५ जना भएका छन तर विस्तारै कक्षा छाड्ने र बिद्यालय नआउने बिद्यार्थीको संख्या बढ्दो छ । सोही बिद्यालयमा कक्षा ९ मा मात्र १५ जना भन्दा बढीले पढ्नै छाडेका छन । बिद्यालय आउजाउ गर्न छ घण्टा भन्दा बढी लाग्ने भएपछि कक्षा ९ मा भर्ना हुन कालिमाटीबाट आएका बिद्यार्थीले बीच मै पढाई छाडेको बिद्यार्थी टेकबहादुर मोक्तानले बताउनुभयो । हामी कालिमाटीबाट कक्षा ९ र १० मा २५ जना भन्दा बढी आउृथ्यौ तर बिद्यालय टाढा भए कै कारण बिद्यालय आउने संख्या १० मात्र रहेको छ ।

यो त केही प्रतिनिधि उदाहरण मात्र हुन । अहिले पनि बिद्यालय टाढा, कम उमेरमा बिवाह र बैदेशिक रोजगारीका कारण कक्षा छाड्ने दर दुर्गम गाउँमा बढेको छ । महाभारत गाउँपालिका, खानीखोला, रोसी, तेमाल, चौँरीदेउराली गाउँपालिका लागयतमा बढी कक्षा डप्रआउट गर्ने रहेका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?