logo
२०८२ जेष्ठ २६ आईतवार



रोसी गाउँपालिकाका साक्षर

शिक्षा |


रोसी गाउँपालिकाका साक्षर


मधुसुधन तिमल्सिना
काभ्रे, फागुन २ गते । रोसी गाउँपालिका साक्षर घोषणा भएको छ । कुल जनसंख्याको ९८.९७ प्रतिशत १५–६० उमेर समुह साक्षर भएसँगै गाउँपालिकालाई एक कार्यक्रमका बीच साक्षर घोषणा गरिएको थियो ।

२८ हजार ७४६ कुल जनसंख्याको २८ हजार ४५२ जनसंख्या साक्षर रहेका छन । गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले कुल जनसंख्याको ९८.९७ प्रतिशत साक्षर भएकाले प्रचलित कानुन अनुसार घोषणा गर्न राख्नुभएको उक्त प्रस्तावलाई जिल्ला समन्वय प्रमुख उद्धव केसी समर्थन गर्नुहुँदै रोसी गाउँपालिका साक्षर भएको घोषणा गर्नुभएको थियो । गाउँपालिकाले सबै बाल विकास केन्द्र, सामुदायिक माध्यमिक बिद्यालय तथा सामुदायिक सिकाई केन्द्र मार्फत २०७६ पुसमा बिशेष साक्षरता अभियान सञ्चालन गरेको जनाएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा २७ हजार ८२७ साक्षर रहेका थिए । त्यसपछि सञ्चालन गरेको अभियानमा छ सय २५ जना साक्षर भएसँगै घोषणा गरिएको थियो । साक्षर घोषणा गर्न ९५ प्रतिशत हुनुपर्ने कानुनी व्यवस्था छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख केसीले जिल्लाका १३ स्थानीय तह मध्ये १२ वटा साक्षर घोषणा भइसकेको जानकारी दिनुभयो । उहाँले बाँकी रहेको चौँरीदेउराली फागुन १ र जिल्लालाई फागुन ७ मा घोषणा गर्ने अभियानमा लागेको बताउनुभयो । रोसी गाउँपाकिलाका अध्यक्ष लामाले साक्षर घोषणा भएपनि निरक्षर बाँकी रहेकालाई पनि साक्षर बनाउन गाउँपालिका लागि पर्ने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मी बतौला उप्रेती, वडा न ६ का अध्यक्ष पदमबहादुर लामा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोर्कणध्वज कार्की, रोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले लगायतले साक्षर घोषणाले रोसी गाउँपालिकालाई समृद्ध बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?