logo
२०८१ असोज ४ शुक्रवार



छतमा काक्रा , पुरानो विद्यालय भवनमा च्याउ खेती गर्दै विद्यार्थी

शिक्षा |


छतमा काक्रा , पुरानो विद्यालय भवनमा च्याउ खेती गर्दै विद्यार्थी


गोकर्ण पौडेल
तुलसीपुर फागुन २२ गते । बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको छतभरि का“क्रा रोपिएको छ । विद्यालयमा कक्षा ९ मा कृषि बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेको सीपमा व्यवहारमा उतार्दै छतभरि का“क्राका बिरुवा रोपेका छन् ।
विद्यालयमा यसै वर्षदेखि माध्यमिक तहका प्राविधिक शिक्षाअन्र्तगत बाली बिज्ञान विषयको पढाई सुरु भएको हो । विद्यालयमा बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ४३ जना विद्यार्थी अध्ययरत रहेका छन् । विद्यार्थीहरुले विद्यालयको छतभरि का“क्राका बोट मात्रै रोपेका छैनन् विद्यालयको प्रयोगविहिन अवस्थामा रहेको पुरानो भवनमा च्याउ खेती समेत गरेका छन् ।

कक्षा ९ मा कृषि विषय अध्ययन गरिरहनु भएका बबई ५ खयरभट्टीका जयराम वलीले प्रयोगात्मक शिक्षाबाट घरमै समेत च्याउ उत्पादन गर्न सकिने अनुभव प्राप्त भएको बताउनुभयो । साथै भविष्यमा कुनै जागिर नभएको अवस्थामा आफ्नै घरमा समेत बेमौसमी तरकारी खेती गरेर जीविकोपार्जन गर्न सकिने उहाँले बताउनुभयो ।

शिक्षा विभागले कृषि प्रयोगशाला व्यवस्थापनका लागि २६ लाख अनुदान दिएको थियो । अनुदानबाट विद्यार्थीहरुका लागि पढाउन प्रोजेक्टर विधी, कृषि सम्बन्धी ल्यावमा चाहिने सम्पूर्ण सामग्री खरिद गरिएको विद्यालयका कृषि विषयका सहायक प्रशिक्षक नवराज केसीले बताउनुभयो ।
त्यसैगरी जोत्नका लागि मिनी टेलरलगायतका भौतिक सामग्री खरिद गरिएको केसीले जानकारी दिनुभयो । परिक्षणका लागि विद्यार्थीहरुले विद्यालयको हाताभित्र काउली, टमाटर, र प्याजका आफै बेर्ना तयारी पारी रोपेका छन् ।

आउँदो वर्षदेखि विद्यालयको तीन बिगाहा १९ कठ्ठा जग्गामा बेमौसमी तरकारीका साथै नगदेबाली समेत उत्पादन गर्ने योजना रहेको विद्यालय शिक्षक प्रतिनिधि राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो । विद्यार्थीहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रि वितरणबाट जम्मा भएको रकम विद्यार्थीहरुकै शिक्षण क्रियाकलापमा खर्च गरिने लक्ष्य राखिएको समेत शिक्षक प्रतिनिधि पोख्रेलले बताउनुभयो ।

बबई गाउँपालिका वडा नम्बर ५मा रहेको जनकल्याण माध्यमिक विद्यालयले मात्र यस स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई विद्यालयमा सिकेको सीपलाई घरमै पनि उत्पादन गरेर आय आर्जनतर्फ उन्मुख बनाउने लक्ष्य राखिएको सहायक प्रशिक्षक नवराज केसीले जानकारी दिनुभयो । विद्यालयको जग्गामा कृषिलाई प्रयोगात्मकरुपमा अघि बढाउनका तारबार र सिचाईको उचित प्रबन्ध व्यवस्थापन भए सहज हुने विद्यालयका प्रधानाध्यापक गणेशबहादुर केसीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई स्थानीय तहमै सीप सिकाउँदै तरकारी र कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने उद्देश्य राखिएको समेत विद्यालयका प्रधानाध्यापक केसीले जानकारी दिनुभयो । आगामी वर्षदेखि विद्यालयका अन्य भवनका छतमा समेत बेमौसमी हिउँदे तरकारी गर्ने लक्ष्य राखिएको समेत प्रधानाध्यापक केसीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?