logo
२०८१ असोज ४ शुक्रवार



बालमैत्री हुँदैछन् बाल विकास शिक्षा

शिक्षा |


बालमैत्री हुँदैछन् बाल विकास शिक्षा



हुम्ला समाचारदाता

सिमकोट, फागुन २३ गते । हुम्लाको खार्पुनाथ गाउँपालिका–४, छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा अध्ययन गर्ने साना नानीले कक्षा छाड्नै मान्दैनन् । कक्षाकोठामा नानीहरू पवबेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरूले कक्षा छाड्न नमानेका हुन् ।
विद्यालयका प्रधानाध्यापक जुनराज हमालले गत वर्षसम्म कार्पेट बिछ्याएको कोठामा टेलिभिजनबाट साना नानीहरूका लागि सामग्री हेर्ने व्यवस्था गरिएकोमा यसपटकबाट कक्षामा थप शैक्षिक सामग्रीको व्यवस्था गरिएको बताउनुभयो । काठको सिलिङ गरिएको कोठामा कार्पेट बिछ्याएर साना नानीहरूका लागि आकार मिल्ने टि–टेबलको व्यवस्था गरिएको छ ।
एउटा टेबलमा चार जना नानी बस्ने व्यवस्था मिलाइएको छ । प्रअ हमालका अनुसार ती टेबलमा नानीहरूलाई आकषर््िात गर्ने रङ्गिन शैक्षिक सामग्री राखिएको छ । नानीहरूले इच्छाअनुसार ती सामग्री हेर्ने र पढ्ने गर्छन् । त्यति मात्र होइन, कक्षाकोठाका भित्तामा नेपाली र अङ्ग्रेजी अक्षर चिह्न सकिने पोष्टर पनि टाँगिएका छन् । जसबाट पनि नानीहरूले अध्ययन गर्ने मौका पाउँछन् ।
यसैगरी अडियो भिडियोबाट अध्ययन गराउने व्यवस्था पनि विद्यालयले गरेको छ । टेलिभिजनबाट शैक्षिक सामग्री प्रस्तुत गर्ने गरिन्छ । दिउँसो १ बजे खाजाको व्यवस्था पनि कक्षामै गरिन्छ । ४० जना नानी भएपछि विद्यालयले दुुईवटा बाल विकासका कक्षा सञ्चालन गरेको छ ।
बाल विकासका सहयोगी कार्यकर्ता वीरकला उपाध्यायले नानीहरू कक्षामा प्रवेश गरेपछि छाड्नै नमान्ने बताउनुभयो । उहाँले कक्षाभित्रको रमणीय वातावरणकै कारण नानीहरूले कक्षा छाड्न नमानेको बताउनुभयो । दिउँसो खाजाको बेला कक्षाबाहिर नआएरै भित्र बस्ने गरको र दिसापिसाब पनि सोधेर लिनुपर्ने अवस्था छ । उहाँले बेलुका छुट्टी भएपछि पनि सबै नानीलाई जबर्जस्ती निकाल्नुपर्ने बाध्यता रहेको बताउनुभयो । अर्का सहयोगी कार्यकर्ता रामबहादुर हमालको भोगाइ पनि योभन्दा फरक छैन । न्यून पारिश्रमिक भए पनि दुवै जना सहयोगी कार्यकर्ताले दिलोज्यान दिएर नानीहरूलाई पढाइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?