logo
२०८१ असोज ४ शुक्रवार



सप्तरीमा एसईईको तयारी तीब्र, नौ हजार विद्यार्थी सहभागी हुने

शिक्षा |


सप्तरीमा एसईईको तयारी तीब्र, नौ हजार विद्यार्थी सहभागी हुने



धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २४ गते । आउँदो चैत्र ६ गतेदेखि हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा(एसईई) को लागि सप्तरीमा तयारीलाई तीब्रता दिएको छ । यस परीक्षामा जिल्लाबाट नौ हजार बढी छात्रछात्रा सहभागी हुने भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सप्तरी प्रमुख फणिन्द्र खत्रीका अनुसार नियमित, एक्जाम्टेड र अपग्रेडिङ्ग गरी कूल नौ हजार १४० छात्रछात्रा सहभागी हुनेछ । परीक्षामा सहभागी हुने कूल विद्यार्थीमध्ये छात्र चार हजार ५३१ र छात्रा चार हजार ६०९ रहेका छन । ती मध्ये नियमिततर्फ आठ हजार ४६८, एक्जाम्टेड तर्फ १३६ र अपग्रेडिङ्गतर्फ ५३३ जना विद्याथीहरु रहेको उहाँले जानकारी दिनुभयो ।
परीक्षा समन्वय समिति (कक्षा १०) को बैठकले एसईईका लागि जिल्लामा ३४ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये ३३ वटा परीक्षा केन्द्रमा नियमित तर्फका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुने व्यवस्था गरिएको छ भने एउटा मात्र केन्द्रमा एक्जामटेड र अपग्रेडिङ्गका विद्यार्थीका लागि परीक्षा केन्द्र निर्धारण गरेको बताइएको छ ।
परीक्षाको लागि आवश्यक तयारी भइरहेको प्रमुख खत्रीले परीक्षा केन्द्र तोकिसकेकोले अब परीक्षा समन्वय समितिको बैठकबाट केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको निर्णय गरिने प्रारम्भिक गृहकार्य भइरहेको बताउनुभयो । केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तोकिसकेपछि अभिमुखीकरण कार्यक्रम गरिने तयारीमा रहेको उहाँको कथन छ । होली लगत्तै यी सम्पूर्ण कार्य पूरा गरिने जानकारी दिनुभयो ।
परीक्षालाई मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न जिल्लामा होम सेन्टर(गृह परीक्षा केन्द्र) नतोकेको र सम्बद्ध परीक्षा केन्द्रका विद्यालयका विद्यार्थीलाई फरक परीक्षा केन्द्रमा समावेश गरिएको उहाँले भन्नुभयो, सकेसम्म विद्यार्थीलाई पायक पर्ने नजिकका विद्यालयमा परीक्षा केन्द्र तोकेका छौ । एउटा परीक्षा केन्द्रका विद्यालयका विद्यार्थीलाई उसको केन्द्रमा समावेश भएका विद्यालय भन्दा फरक विद्यालयमा परीक्षा केन्द्र तोकेको बताइएको छ ।
परीक्षा केन्द्र तोकिएकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष राखिने विगतका अभ्यास रहेको भएपनि केन्द्राध्यक्ष बन्नका लागि शिक्षकहरुको दौडधुप एवं पहुँचका लागि सक्रिय भएका छन । बिहान ८ बजेदेखि सुरु हुने एसईई यस वर्ष १७ गतेसम्म सञ्चालन रहने राष्ट्रिय परीक्षा बोर्डले समय तालिका निर्धारण गरिसकेको छ ।
यता विश्वमा फैलिएको कोरोना भाइरस नेपालमा अहिलेसम्म संक्रमित नभेटिएपनि बालबालिका, अभिभावक, शिक्षक सबैमा यसको त्रासले भयवित बनाइएको एक अभिभावकले परीक्षा केन्द्रमा ठूलो मास(संख्या) रहन्छ । त्यहाँ स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउनु अति नै आवश्यक रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?