logo
२०८१ असोज ४ शुक्रवार



विद्यार्थीका हातहातमा किताब

शिक्षा |


विद्यार्थीका हातहातमा किताब


कालीकोट समाचारदाता

कालीकोट, फागुन २५ गते । यही फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको तिलागुफा नगरपालिका र महावै गाउँपालिकाभित्रका केही विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेको छ ।
पुसमा वार्षिक परीक्षा सम्पन्न भएका तिलागुफा नगरभित्रका ३३ वटा र महावै गाउँपालिकाका सातवटा गरी ४० विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगेर पढाइसमेत सुरु भइसकेको छ । सत्यदेवी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा विनिता शाहीले पहिलेका वर्षभन्दा यस वर्ष समयमै पाठ्यपुस्तक पाएको बताउनुभयो । उहाँले गत वर्ष कक्षा ८ मा पढ्दा शैक्षिक सत्र सुरु भएको तीन महिनापछि मात्र नयाँ किताब पाएको भन्दै अहिले विद्यालय सुरु हुना साथ किताब हातमा पाएको खुसी व्यक्त गर्नुभयो ।
नयाँ किताब पाएसँगै विद्यार्थी पनि खुसी भएका छन् । यसपटक स्थानीय सरकारले पनि समयमा किताब पु¥याउनुपर्ने पूर्वसूचना गरेका थिए । तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले समयमा किताब नल्याउने एजेन्टसँग अर्को वर्ष सहकार्य नगर्ने सर्त राखिएकाले यस वर्ष समयमै किताब आएको बताउनुभयो ।
जुम्लासँग सीमा जोडिएका र चिसो निकै हुने तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा नयाँ शैक्षिक सत्र फागुन १ गतेदेखि सुरु हुन्छ भने जिल्लाका अन्य सात स्थानीय तहमा वैशाख १ गतेबाट नयाँ शैक्षिक सुरु हुने गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?