logo
२०८१ असोज ४ शुक्रवार



एसइइ दिने विधार्थीलाई मास्क वितरण गर्ने

शिक्षा |


एसइइ दिने विधार्थीलाई मास्क वितरण गर्ने


जिवछ यादव
लहान,चैत २ गते ।  लहान नगरपालिका र विभिन्न संघ संस्थाहरु मिलेर लहान नगरपालिकाका एसइइ दिने दुई हजार विधार्थीहरुलाई मास्क वितरण गर्ने तयारी गरिरहेको छ । लहानमा छ वटा परीक्षा केन्द्रहरुबाट दुई हजार विधार्थी परीक्षा दिइने भएको छ ।

उच्च जोखिमममा रहेको कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि अपनाउनुपर्ने विभिन्न उपायहरुमध्ये एसइई परीक्षा दिइने विधार्थीहरुलाई मास्क वितरण र परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर ढुक्क भएर परीक्षा दिने वातावरण बनाउन लागेको लहान नगरपालिकाले जनाएको छ ।
लहान नगरप्रमुख मुनि साहले नगरपालिकाले सरोकारवाला निकायहरुसँग बैठक सम्पन्न गरेर अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गरेर एसइइ परीक्षा दिइने विधार्थीहरुलाई निर्धक्क भएर परीक्षाको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

उहाँको अनुसार लहान नगरपालिकामा सरसफाइको गतिविधिहरुलाई बढाउनको लागि लहानका रोटरी क्लव,उद्योग वाणिज्य संघ,एन प्याब्सन, मेघा बैंक लायन्स क्लव, नेपाल पत्रकार महासंघ, माडवारी सेवा समिति, गोपाल सेवा समिति र रौनियार सेवा समिति लगायका विभिन्न सामाजिक संघ संस्थाहरुको अगुवाइमा सरसफाइ अभियानलाई जोड्ने तयारी भइरहेको छ ।

भीड हुने हाट बजार लाग्ने स्थानहरुमा सफा पानी र सावुनको व्यवस्था गर्ने,सगरमाथा चौधरी आँखा अस्पताल लहानमा आँखा जाँचको लागि आउने विरामीहरुको समेत निगरानी गरेर जनचेतना बढाउने, लहानमा बढ्दो लामखुट्टे प्रकोपलाई कम गर्न औषधी छर्ने, नहरमा जम्मा भएका प्लाष्टिकजन्य फोहोरहरुलाई सफाई गर्ने स्वास्थ्य चौकीहरुलाई समेत शहरी र ग्रामीण गरी लहान नगरपालिकाका २४ वटै वडाहरुमा अनुगमन गरी सामाजिक जागरणको लागि अडियो, भिडियो, पर्चा पम्पलेट वितरण, व्यामनर झुण्डयाउने र विभिन्न स्थानीय रेडियो तथा पत्रपत्रिकाहरुको माध्यमबाट अपनाउनुपर्ने

सावधानी अपनाउन सचेतना कार्यक्रमहरुमा विभिन्न समूहशमा स्वास्थ्य स्वयसेविकाहरुलाई समेत परिचालन गर्ने उहाँले जानकारी दिनुभयो ।
यसैगरी सगरमाथा चौधरी आँखा अस्पतालमा आँखा जाँचको लागि आउने आँखा विरामीहरुलाई जाँच गर्नको लागि थर्मल गन राखेर विशेष निगरानी गर्न नेपाल भारत सीमा नाकामा इलाका प्रहरी कार्यालय , सशस्त्र प्रहरी वेस कयाम्प लहान,भगवानपुर गाँउ पालिका स्वास्थ्यकर्मी र आँखा अस्पतालका चिकित्सक टिमले विहानै सवेरैदेखि जाँचलाई व्यवस्थित पारेको छ भने विहान ६ बजे मात्रै सीमा क्षेत्रमा आवतजावत गर्न दिइने निणर्यलाई चैत १ गतेबाट लागु गरिएको इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय सिरहाले जिल्लाका प्रमुख कृष्ण देव यादवले १७ वटै स्थानीयतहहरुले सरसफाई, जनचेतना र सतर्कता अपनाउन गतिविधिहरु भइरहेको जानकारी गराँउदै मनोवैज्ञानिक त्रासलाई कम गर्न र सरसफाइमा विशेष ध्यान केन्द्रित गराउन सक्रियता बढाएको जानकारी दिनुभयो ।
तापक्रम बढ्न थालेकोले यसको जोखिम कम हुन सक्ने भएकोले सबै सजग सचेत त रहनैपर्छ तर आतिने र त्रसित हुन नहुने आग्रह गर्दै सिरहा अस्पतालमा आइसोलेशनको लागि तयारी भइरहेको उहाँले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?