logo
२०८१ मंसिर ८ शनिवार



सेना र सीटीइभीटीबीच इन्जिनियरिङ्ग पढाउने समझदारीमा हस्ताक्षर

शिक्षा |


सेना र सीटीइभीटीबीच इन्जिनियरिङ्ग पढाउने समझदारीमा हस्ताक्षर
तस्विर–नेपाली सेना


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २ गते । नेपाली सेनाले इन्जिनियरिङ्ग शिक्षाको पठनपाठन गराउने भएको छ । नेपाली सेनामा कार्यरत प्राविधिक तथा ट्रेडतर्फको दक्ष जनशक्तिको कार्य क्षमता अभिवृद्धि र्ने उद्देश्यले इन्जिनियरिङ्गको पठनपाठन सुरु गर्न लागिएको हो ।
नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी)सँग अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली सेनाका अनुसार परिषद्ले डिप्लोमा इन मेकानिकल र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ्गका लागि ४८/४८ वटा कोटा प्रदान गरेको छ । समझदारी पत्रमा सीटीइभीटीका सदस्य सचिव डा. पुष्प रमण वाग्ले र नेपाली सेनाको तर्फबाट विद्युत तथा यान्त्रिक निर्देशनालयका प्राविधिक सहायक रथी भोलानाथ बुढाथोकीले हस्ताक्षर गर्नुभएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गरी सम्बन्धन प्राप्त भएपछि भक्तपुरको खरिपाटीस्थित नेपाली सेनाको विद्युत तथा यान्त्रिक शिक्षालयमा कक्षा सञ्चालन गरिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?