logo
२०८१ मंसिर ८ शनिवार



बिदा शुरुभयो, बालवालिका घरबाहिर जान नदिनाेस् शिक्षा मन्त्रालय

शिक्षा |
फिचर |


बिदा शुरुभयो, बालवालिका घरबाहिर जान नदिनाेस् शिक्षा मन्त्रालय


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ४ गते । सरकारले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो ।
परिक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीन हप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमेरका बालिवालिकाहरु घरमै रहने सरकारले विश्वास लिएको छ ।
कोरोना संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान, विद्यालयमा साँस्कृतिक कार्यक्रम लगायत विभिन्न नाममा भीडभाड् नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले २०७६ सालको माध्यमिक शिक्षा (एसइइ) परीक्षा यही चैत्र ६ गतेदेखि १७ गते सम्म चल्ने छ । उक्त परीक्षामा देशभरका १९९५ परीक्षा केन्द्रमा सञ्चालन हुने पनि जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?