logo
२०८१ बैशाख ७ शुक्रवार



सामुदायिक विद्यालयहरुमा शुद्ध खानेपानीको प्रबन्ध

शिक्षा |


सामुदायिक विद्यालयहरुमा शुद्ध खानेपानीको प्रबन्ध


जिवछ यादव

लहान,चैत ६ गते । लहान नगरपालिकाको दशवटा सामुदायिक विद्यालयहरुमा शुद्ध खानेपानीको प्रबन्ध कार्यले गति लिएको छ । पानीजन्य रोगहरुबाट मुक्त भएर ढुक्कसाथ विधार्थीहरुले पढ्न पाउन भन्ने उदेश्यले विभिन्न संघ संस्थाहरुको सहयोगमा शुद्ध खानेपानी, शौचालय निर्माण, वृक्षारोपण, महिनावारी स्वच्छता कार्यक्रम अघि बढिरहेको लहान नगरपालिकाले जनाएको छ ।

वाटरएड,दलित जनकल्याण युवा क्लवको पहलमा लहान नगरपालिकाको पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा,श्री जनता माध्यमिक विद्यालय हनुमानगर ब्रम्हान गोडछाडी,श्री वस्तीपुर माधयमिक विद्यालय बस्तीपुर,श्री जनता आधारभूत विद्यालय सिंग्राही मटियर्वा लहान १ ,श्री जनता आधारभूत विद्यालय बैरियागुँदीगााउ लहान १०,श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुर,श्री जनता आधारभुत विद्यालय पिडरबोनी र श्री जनता माध्यमिक विद्यालय पडरिया र श्री माध्यमिक विद्यालय सोनमति गढामा शुद्ध खानेपानीको लागि बायो स्यान्ड खानेपानी र अपाङग मैत्री र महिला मैत्री शौचालय निर्माण भइरहेको नगरप्रमुख मुनि साहले जानकारी दिनुभयो ।

उहाँको अनुसार बिस २०२३ सम्ममा लहानको पुरानो नगरपालिकाको दसवटा वडामा शुद्ध खानेपानीको पूर्ण प्रबन्धको कार्यक्रमहरु अघि बढिसककोछ । ग्रामीण भेगमा रहेका उत्तरतर्फका १३, १४, १५, १६, १७ र १८ नम्बरमा समेत शुद्ध खानेपानीको लागि नगरपालिकाले अन्य सहयोगी संघ संस्थाहरुसँग समन्वय गरेर लहान नगरपालिकाको २४ वटै वडामा खानेपानीको पूर्ण व्यवस्था गरिनेछ ।

लहान नगरपालिका खुल्ला दिसामुक्त घोषणा भइहालेपनि गरीव दलित वस्तीहरुमा शौचालय नहुँदा ठूलो समस्या रहेकोले यसलाई सामाधान गर्नको लागि लहान नगरपालिका २ मुसहर बस्तीमा लहान नगरपालिका, दलित जनकल्याण युवा क्लव र वाटरएडको सहयोगमा सार्वजनिक शौचालय निर्माण र खानेपानीको लागि धारा जडान कार्य भैसकेको उहाँले भन्दै अन्य वाडाहरुमा समेत यस कार्यक्रमहरुलाई विस्तार गरिने गृहकार्य भइरहेको विश्वास दिलाउनुभयो ।

श्री जनता माध्यमिक विद्यालय सोनमति गढा १९ का कक्षा १० का विधार्थी तथा वाल क्लवका अधयक्ष ररामबाबु मण्डलका अनुसार विद्यालयमा खानेपानीको प्रवन्ध भैसकेपछि ठूलो राहत भयो । विद्यालयमा एकवटा मात्रै हाते कलमा पानी खानको लागि ठूलो लाम लाग्नुपर्दथ्यो । लहान नगरपालिका, दलित जनकल्याण युवा क्लव र वाटर एडको प्रयासमा शुद्ध खानेपानी र स्ुविधा सम्पन्न शौचालय प्रयोग गर्न पाएकोमा विधार्थीहरु खुसी हुनु स्वभाविकै हो ।

यता श्री जनता आधारभूत विद्यालय बैरियागुँदीगाँउका शिक्षिका कञ्चना साह भन्नुहुन्छ, विधार्थी र शिक्षक सबैलाई पानी खान गााउको हाते कल भएका ठाँउमा जानुपर्दथ्यो । शौचालय नहुँदा विधार्थीहरु पानी खान र शौच गर्न विद्यालय वाहिर गएपछि प्रत्येक दिन एक आध घण्टी पढाई छुटेकै हुन्थ्यो । शुद्ध खानेपानी र शौचालयको प्रबन्धले विद्यालयमा शैषिक माहोल बन्नुको साटो आउनै लागेको शैक्षिक सत्रमा विधार्थी भर्नापनि हवातै वढ्ने छ ।

लहान नगरपालिकाको सामुदायिक विद्यालयहरुमा खानेपानी र शौचालयको निर्माण कार्यमा सामुदाय , विद्यालय , राजनीतिक दलहरुबाट समेत सहयोग र हौसला पाइरहेकोले यो परियोजना लहान नगरपालिकामा पूर्णरुपमा सफलतातर्फ उन्मुख भएको दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश विसुन्केले खुसी व्यक्त गर्नुभयो ।

सामाजिक परिचालिका नम्रता भट्टले खानेपानी ,शौचालय, बृक्षारोपण ,महिनाबारी स्वच्छता र प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्नको लागि प्रत्येक विद्यालयमा वाल क्लव गठन र फोकल शिक्षक तोकेर सामुदायिक विद्यालयको शैक्षिक, भौतिक र स्वच्छता अभियानलाई अगडि बढाइरहेको जानकारी गराउनुभयो ।

यहि अवस्थामा सामुदायिक विद्यालयहरुको स्वत्छता अभियानले सामुदायिक विद्यालयहरुमा यस वर्ष हवातै विधार्थी संख्या बढ्ने लहान नगरपाकिा शिक्षा संयोजक राजकुमार साहले जानकारी गराउँदै विद्यालयमा डस्टविन, शौचालयमा प्रयोग गर्ने औषधी , महिनावारीको वेला प्रयोग गरिने स्यानेटरी प्याड समेत वितरण गरिएको प्रष्टयाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?