logo
२०८१ असोज ४ शुक्रवार



रेडियोबाट एसइइ तयारी कक्षा सञ्चालन

शिक्षा |


रेडियोबाट एसइइ तयारी कक्षा सञ्चालन


मुरारी अधिकारी
धादिङ, बैशाख ८ गते । धादिङको सदरमुकाम धादिङबेसीबाट सञ्चालनमा भैरहेको रेडियो धादिङ १०६ मेगाहर्जले शनिबारदेखि एसइइ तयारी कक्षा संञ्चालन गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला विद्यार्थीहरुको एसइइ परीक्षालाई मध्यनजर गरी रेडियोबाटै परीक्षाको तयारी सुरु गरेको हो ।

एसइइ परीक्षाको तयारीलाई निरन्तरता दिंदै लकडाउको समयमा पनि अध्ययन बानीलाई थप प्रोत्साहित गर्ने, लकडाउनको बेला परीक्षाको मिति कुरेर बसेका विद्यार्थीको पढाईलाई फाइदा पुगोस भन्ने उद्धेश्यले तयारी कक्षा सञ्चालन गरेको स्टेशन म्यानेजर राजाराम शर्मा भनाइ छ । रेडियो धादिङबाट अनिवार्य तथा ऐच्छिक गणित, अंग्रेजी, विज्ञान र नेपाली विषयको पढाइ भैरहेको छ । पाँचवटा विषयमा कक्षा १० मा अध्यापनरत शिक्षकहरुबाट बिहान र बेलुकाको समयमा पढाइ भएको छ ।

रेडियो धादिङको फेसबुक पेज र अनलाइनबाट पनि एसइइ तयारी कक्षा कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयलाई रेडियोले अनुरोध गरेको छ । विद्यार्थीहरुले नबुझेका कुरा फोन तथा एसएमएस मार्फत सोध्न सक्ने र शिक्षकहरुबाट समाधानमा सहयोग गर्ने व्यवस्था समेत रेडियोले मिलाएको छ ।

एसइइ लक्षित गरि तयार गरिएको रेडियो कार्यक्रम दैनिक रुपमा चार घण्टाको रहने पनि स्टेशन म्यानेजर शर्माले बताउनु भया । कक्षा हरेक दिन विहान ८ः१५ देखि १०ः०० बजेसम्म, साँझ ५ः०० देखि ६ः३० बजेसम्म र बेलुका ९ः१५ देखि १०ः०० बजेसम्म सञ्चालन भैरहेको छ । २०७६ चैत्र ६ गते नै एसइइ परीक्षा सञ्चालन भएर सकिने बेला भैसक्दा विश्व महामारीको रुप लिई रहेको नोबेल कोरोना भाइरस कोभिड–१९ ले गर्दा परीक्षा सुरु हुन सकेको छैन ।

कोभिड–१९ को जोखिम कम गर्न सरकारले देशभर लकडाउन गरेको छ । कोभिड–१९ को त्रास कम हुँदा वित्तिकै लकडाउन खुल्ला गर्ने योजना बनाएको सरकारले त्यसपछि मात्र एसइइ परीक्षा सञ्चालन गर्ने जनाएको छ ।a

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?