logo
२०८१ असोज ४ शुक्रवार



काभ्रेका विद्यालयले अनलाइन मार्फत परीक्षाफल सार्वजनिक गर्न थाले

शिक्षा |


काभ्रेका विद्यालयले अनलाइन मार्फत परीक्षाफल सार्वजनिक गर्न थाले
फाइल तस्बीर


मधुसुधन तिमल्सिना
काभ्रे, बैशाख १६ गते । जिल्लाका सामुदायिक तथा निजी बिद्यालयहरुले गत फागुन महिनाको अन्तिममा लिइएको परीक्षको नतिजा सार्वजनिक गर्न थालेका छन । कोरोना भाइरसको संक्रमणको त्रासका कारण मुलुकभर भएको बन्दाबन्दीका कारण बिद्यालयहरु नखुलेपछि अनलाइन र फोन मार्फत नतिजा सार्वजनिक गर्न थालेका हुन ।

विश्वव्यापी कोरोनाको त्रास फैलिन थालेपछि नेपाल सरकारले चैतको ५ गते भित्रमा बिद्यालयका परीक्षा सक्न निर्देशन दिएको थियो । जिल्लाका सामुदायिक र निजी बिद्यालयले चैतको पहिलो हप्ता भित्रमा परीक्षा लिएका भएपनि बन्दाबन्दीका कारण परीक्षाफल भने प्रकाशन गर्न सकेका थिएनन ।

प्याव्सनका जिल्ला अध्यक्ष एवम् सामुदायिक बोर्डिङ स्कुलका प्रिन्सिपल पूर्ण कुमार श्रेष्ठले बार्षिक परीक्षाफल फोन, अनलाइन मार्फत प्रकाशन सुरु गरेको जानकारी दिनुभयो । बन्दाबन्दी बढ्न थालेपछि प्ले ग्रुप देखी कक्षा नौ सम्मको परीक्षाफल प्रकाशन गरिएको जानकारी दिनुभयो । उहाँल् अन्य बिद्यालयहरुले पनि परीक्षाफल प्रकाशन सुरु गरेको जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिका वडा न १२ मा रहेको आजाद माध्यमिक बिद्यालयले कक्षा शिक्षक मार्फत रिजल्ट थाहा पाउन सकिने जनाएको छ । फेसबुक पेज मार्फत रिजल्ट सार्वजनिक गरेको उक्त बिद्यालय बिद्यार्थीहरुलाई घरमा नै बसी सिकाईमा केन्द्रीत हुन आग्रह गरेको छ । बिद्यालयका प्रधानध्यापक प्रल्हादप्रसाद तिमल्सिनाले एक सूचना प्रकाशन गरी नयाँ शैक्षिक सत्र २०७७ का लागि नेपाल सरकारद्धारा परिमार्जन गरिएको कक्षा १ र ११ को पाठ्यपुस्तक बाहेक बिद्यालयले कुनै पनि पाठ्यपुस्तक परिमार्जन नगरिएकाले अघिल्लो कक्षाका दाजुदिदीहरुबाट पाठ्यपुस्तक व्यवस्थापन गर्न अनुरोध गरिएको छ । उक्त बिद्यालय नमूना बिद्यालयमा छनौट भएको छ ।

जिल्लाका स्थानीय तहहरुले पनि सामाजिक सञ्जाल, फोन, एसएमएस तथा अनलाइन मार्फत परीक्षाफल प्रकाशन गर्न बिद्यालयहरुलाई आग्रह गरेका थिए । जिल्लामा सामुदायिक र निजी बिद्यालय गरेर करिब छ सय बिद्यालय रहेका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?