logo
२०८१ असोज ४ शुक्रवार



स्नातक तहको पढाइ निःशुल्क

शिक्षा |


स्नातक तहको पढाइ निःशुल्क


मधुसुधन तिमल्सिना

काभ्रे, असार २१ गते । धुलिखेल नगरपालिकाका बासिन्दाले निःशुल्क स्नातक तह पढ्न पाउने भएका छन् । नगरलाई शैक्षिक हबका रूपमा अगाडि बढाउन लागेको धुलिखेलले आर्थिक वर्ष २०७७÷७८ बाट निःशुल्क स्नातक तह सुरु गर्ने भएको हो ।
धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जूले नगरभित्र रहेको धुलिखेल क्याम्पस र सञ्जिवनी क्याम्पसमा स्नातक तहमा पढ्ने नगरभित्रका सबै विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरको सातौँ नगर सभाले उक्त निर्णय गरेको हो । नगरका १२ वटै वडाका बासिन्दाले यो सुविधा पाउनका लागि नगरमा रहेका दुई क्याम्पसमा अनिवार्य पढाउनुपर्ने छ ।
त्यस्तै नगर सभाले काभ्रेपलाञ्चोक जिल्लाका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट समेत धुलिखेल क्याम्पस र सञ्जिवनी क्याम्पसमा पढ्न आएमा ५० प्रतिशत छुट दिने भएको छ ।
धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि नगरले उक्त निर्णय गरेको जानकारी दिनुभयो । हामीले भर्ना भएको विद्यार्थीको ७० प्रतिशत हाजिरी भएमा मात्र सेवा पाउने व्यवस्था मिलाएका छौँ । भर्ना हुने र पछि परीक्षा मात्र दिनेलाई यो सुविधा उपलब्ध हुने छैन, उहाँले भन्नुभयो । धुलिखेलले विशेष गरी आर्थिक अवस्था कमजोर रहेकालाई प्रोत्साहन र नगरभित्रका विद्यार्थीलाई बाहिर जान नपरोस् भनेर यो नीति लिएको शर्माले जानकारी दिनुभयो ।
जुनसुकै जिल्लाको विद्यार्थी भए पनि ५० प्रतिशत छुट दिने भएको छ । उच्च शिक्षामा सबै समुदायका विद्यार्थीको पहुँच पु¥याउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक प्रणालीको
विकास गर्न नगरपालिकाले विशेष महŒवका साथ कार्यक्रम सञ्चालन गर्न लागेको शिक्षा प्रमुख शर्माले बताउनुभयो ।
धुलिखेल र सञ्जिवनी क्याम्पसमा शिक्षा र व्यवस्थापन विषयको पढाइ हुँदै आएको छ । हाल स्नातक तहमा ३७० जना विद्यार्थी अध्ययनरत छन् । नगरले यस आर्थिक वर्षमा ३७० जना विद्यार्थीलाई निःशुल्क पढाउने
लक्ष्य लिएको शिक्षा शाखाले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?