logo
२०८१ असोज ४ शुक्रवार



त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौ ७ देखि परीक्षा सुरु हुने

शिक्षा |
मुख्य समाचार |


त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौ ७ देखि परीक्षा सुरु हुने


शेषकान्त पण्डित
काठमाडौँ, साउन ७ गते । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरू आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिएलगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

भदौ ७ गतेदेखि स्थगित परीक्षा शुरु हुने
यसैबीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिनुभयो । स्थगित परीक्षा दसैँ सक्ने र दसैँपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

प्राध्यापकलाई पनि बोलाइयो
यसैबीच, विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै बिदामा बसेका अध्यापकहरूलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकहरूलाई दिइएको बिदासमेत सकिएको र अब क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । क्याम्पसमा नियमित पठनपाठन र परीक्षाबाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरूलाई पनि बोलाइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?