logo
२०८१ असोज ५ शनिवार



बालबालिकाको पाठशाला बन्दै सहजीकरण कक्षा

शिक्षा |
फिचर |


बालबालिकाको पाठशाला बन्दै सहजीकरण कक्षा
बुढीगङ्गा नगरपालिका ७ झालीमा सञ्चालन भएको सहजीकरण कक्षामा सहभागी भएका बालबालिका । तस्बिर - शेरबहादुर सार्की/बाजुरा


शेरबहादुर सार्की
बाजुरा, साउन ३२ गते । बाजुराको छेडेदह गाउँपालिका र बुढीगङ्गा नगरपालिकाका अधिकांश टोलटोलमा सहजीकरण कक्षा सञ्चालनमा आएका छन् ।
गुडनेबरको आर्थिक सहगोग र पीसविन बाजुराको प्राविधिक सहयोगमा सामुदायिक विकास परियोजनाले विद्यालय छोडेर घरमा बस्दैगरेका बालबालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउने गरि यो कक्षा सञ्चालनमा ल्याएको हो ।
कोरोनाका कारण विद्यालय बन्द भएपछि गाउँमा समय खेर फाल्दैआएका बालबालिकाको पढाइ नबिग्रियोस् भन्ने उद्देश्यले यो कक्षा सञ्चालन गरेको सहजकर्ता रामदेवी कटुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'लकडाउनको समयमा पनि कक्षा सञ्चालन गर्नुपर्ने भएकाले पढ्न आउने सबै बालबालिकालाई माक्स, सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाएर सामाजिक दुरीमा कक्षा सञ्चालन गर्ने गरेको छ ।'
बालबालिकाहरूलाई रेडियो अनलाइन, कथा, कविता, जीवनी तथा जोड घटाउ, भागलगायत गणितीय ज्ञानबारे सहजीकरण गरेपछि उनीहरूको पढाइमा निकै सुधार आएको परियोजना अधिकृत टेकबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'पहिलो चरणमा छेडेदह गाउँपालिकाको काँडा, जयबाग्यश्वरी, गुदुखाती , डोगडी र बुढीगङ्गा नगरपालिकाको बानेगाउँ, झाली, माल्ता र बाह्रबि लगायत विभिन्न टोल यो कार्यक्रम लागू हुँदैआएको छ ।' 
झण्डै १६१ जना सहजीकरण कक्षामा समावेश भएको परियोजना अधिकृत थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?