logo
२०८१ असोज ५ शनिवार



रोकिएका विभिन्न भाषाका परीक्षा लिन पाइने

शिक्षा |


रोकिएका विभिन्न भाषाका परीक्षा लिन पाइने



गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २६ गते । निषेधाज्ञा जारी भएदेखि स्थगित भएका विभिन्न भाषाका परीक्षाहरु सञ्चालन गर्न पाइने भएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरी ती परीक्षाहरु सञ्चालन गर्न सकिने बताइएको हो ।

अति आवश्यक पर्ने परीक्षा जस्तै व्यवसायिक अंग्रेजी परीक्षण, टोफेल, जीआरई, जेएलएफडब्लु, आइईएलटिएस, जिम्याटलगायतका परीक्षाहरु सञ्चालन गर्न सकिनेछ । यस्तै, प्रकृतिका परीक्षाहरु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा संचालन कार्यविधि, २०७७ ले तय गरेको विधि अनुसार गराउन जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

साथै, स्वास्थ्य मन्त्रालयद्धारा निर्धारित स्वास्थ्य मापदण्ड समेतको विपरित नहुने गरी सञ्चालन गर्न अनुरोध गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?