logo
२०८१ बैशाख २९ शनिवार



पहिरोको जोखिममा विद्यालय

शिक्षा |


पहिरोको जोखिममा विद्यालय
 पहिरोको उच्च जोखिममा रहेको बूढीगङ्गा नगरपालिका –१ मा रहेको धुरालसैन मावि । तस्बिरः शेरबहादुर सार्की


शेरबहादुर सार्की
बाजुरा, असोज १४ गते । बाजुराको बूढीगङ्गा नगरपालिका –१ मा रहेको धुरालसैन माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । असारदेखि लागतार परेको पानीका कारण विद्यालयको अगाडी पछाडी दुवै ठाउँबाट पहिरो गएपछि विद्यालय जोखिममा परेको हो ।
पहिरोका कारण फोरेष्ट्री कृषि ल्याब पढाइ हुने चारकोठे भवन र कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूलाई पढाइ हुने कर्टटपाताले छाएको पाँचकोठे भवन निकै जोखिममा रहेको शिक्षक अर्जुन थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'पहिरोका कारण विद्यालयमा रहेका कम्प्युटर, पाठ्यपुस्तक तथा प्राविधिक शिक्षा पढाइका लागि आवश्य हुने सिकाइ सामग्रीलगायत सामान नोक्सानी हुँदा लाखौँको क्षति भएको छ ।' 
विद्यालयमा रहेका चारवटा शौचालय पनि भत्किएका छन् । शौचालय भत्किएपछि अहिले विद्यार्थीहरूलाई दिसा पिसाब गर्न निकै समस्या भएको शिक्षक थापाले बताउनुभयो ।
'सामाजिक दुरी कायम गर्दै पठन पाठन कार्य सुरु गरेका छौँ, तर विद्यालय भने पहिरोको निकै जोखिममा रहेको छ । विद्यार्थीहरूलाई अन्य बसाल्ने कतै ठाउँ छैन । पढाइ सुरु गरेपनि बसाइमा भने निकै समस्या भएको छ ।' धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाले भन्नुभयो ।
उहाँले भन्नुभयो, 'यो समस्या सहजताका लागि वडा तथा नगरपालिकामा दुवैमा निवेदन दियौँ तर अहिलेसम्म कतैबाट पनि सुनुवाइ भएको छैन ।' 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?