logo
२०८१ असोज ५ शनिवार



बेटी पढाउ, बेटी बचाउ कार्यक्रम आउने दिनमा फलदायी सिद्ध हुने– मुख्यमन्त्री राउत

शिक्षा |
प्रदेश |


बेटी पढाउ, बेटी बचाउ कार्यक्रम आउने दिनमा फलदायी सिद्ध हुने– मुख्यमन्त्री राउत



धर्बेन्द्र झा
जनकपुरधाम, असोज २१ गते । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले महिला शसक्तीकरणका लागि प्रदेश सरकारले संचालन गरेको बेटी पढाउ बेटी बचाउ कार्यक्रम आउने केही दिनमै फलदायी सिद्ध हुने बताउनुभएको छ ।

प्रदेश नं.२ को राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार लामो समयपछि बसेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम निर्देशक समितिको बैठकमा मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो ।

उहाँले बेटी, पढाउ बेटी बचाउ कार्यक्रममार्फत् संचालित छोरी शिक्षा विमा, साइकल वितरण, विद्यालयमा छात्रामैत्री शौचालयको निर्माण र दलित जेहेन्दार छात्रालाई दिँदै आएको छात्रवृति जस्ता कार्यक्रमलाई सरकारले समुदायस्तरमा तीब्ररुपमा अगाडि बढाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?